प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

0 Shares

काठमाडौं ।   आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबूकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।सोही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोपसमेत छ ।

 

सम्बन्धित समाचार