चट्याङ लागेर एक जनाको मृत्यु, एकै परिवारको सात घाइते

0 Shares

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।

शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मृतकको सिंहको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

सम्बन्धित समाचार