आईपीएलको उद्घाटन खेलमा चेन्नई ६ विकेटले विजयी, आज यी दुई खेल हुँदै

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आईपीएलको डिफेन्डिङ च्याम्पियन्स चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । चेन्नईको जितमा रचिन रविन्द्रले सर्वाधिक ३७ रन बनाएका थिए ।

त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाए ।

त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्वाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए ।

दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले ४ विकेट लिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए । यो जितसँगै चेन्नईले २ अंक हासिल गरेको छ ।

यस्तै आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछ । आज अपराह्न ३ः४५ देखि पहिलो खेल पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच छ भने दोस्रो खेल साँझ ७ः४५ बजेदेखि कोलकोता नाइटराइडर्स र सनराइजर्सबीच हुदै छ ।

सम्बन्धित समाचार