काठमाडौंबाट हङकङ पुगेका क्याथे प्यासिफिक विमानका ३६ यात्रु बिरामी

0 Shares

काठमाडौं। हङकङको ध्वजावाहक जहाज क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ ।

फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीले विमानमा उपल्बध गराइएको खानाको अनुसन्धान थालेका हुन् ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको जनाएको छ । एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।

‘यदि एयरलाइनको उडानका क्रममा अखाद्य खाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्ने छौँ र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्ने छौँ,’ विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित समाचार