आज पुस २५ तपाईंको राशिफल कति शुभ ?

0 Shares

आज मिति २०८१ पुस २५ गते बिहीबार । सन् २०२५ जनवरी ९ तारिख । नेपाल सम्बत ११४५ पोहेलाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

शुभता र अनुकूलता वृद्धि हुनेछ । कार्यसम्पादनको क्षमता बढ्ने र ठीक समयमा सही निर्णय लिन सकिने दिन छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने व्यवसायमा फाइदाको योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त होला ।

बृष

प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । तर, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्छ, सचेत रहनुहोला । ब्यापारमा सामान्यमात्र फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन

शत्रु र रोगबाट छुटकारा मिल्ने समय भए पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुऱ्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने योग भएकाले होसियारीसाथ काम लिनु उचित हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

कर्कट

दौडधुप र जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् तर बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त होला । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह

बोलीको माध्यमले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । पहिलेको सफलताले उत्साह जगाउला । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले गति लिनेछ ।

कन्या

पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । आयआर्जनको दृष्टिले दिन राम्रै छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्राको अवसर जुट्ला । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । प्रेमभाव वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त गर्नुहुनेछ ।

तुला

आरोग्यबल बढ्नेछ । प्रतिष्ठा, मान(सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता वृद्धि होला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफले उत्साह जगाउला । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्ने योग रहेकोले आजको दिन सहयोगीहरूको भर नपर्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

व्यस्तता बढ्नेछ । मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिने र घरायसी काम बन्ने समय छ । तर, परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने देखिन्छ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती बढ्नसक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक क्रियाकलापमा सफलता मिल्ने समय छ ।

धनु

व्यस्तता बढ्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आयआर्जनका स्रोत बढ्ने योग छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदा होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण रहला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो भएको अनुभूति होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । इच्छाशक्ति बढ्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने हुँदा सचेतनाको दरकार छ । आरोग्यता रहनेछ । दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ

आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ, तथापि अर्थअभावका बाबजुद चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । नसोचेको फाइदा प्राप्त हुने योग रहेकोले चुनौतीहरू स्वतः हट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा अनावश्यक डरले घर गरेपनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । आरोग्यता रहनेछ ।

सम्बन्धित समाचार