0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सुझाव दिएका छन् । मंगलबार विहानै भूकम्प गएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शुभ विहानी भुकम्पबाट सर्तक रहन आग्रह गरेका हुन् ।
‘शुभ बिहानी हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’ सामाजिक सञ्जालमा ओलीले लेखेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार तिब्बतमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। उनले थप जानकारी आउन बाँकी भएको जानकारी दिए।
बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको अधिकांश स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प गएसँगै काठमाडौं उपत्यकाका जनता सडकमा निस्किएका थिए।