आज मिति २०८१ पुस २० गते शनिबार । सन् २०२५ जनवरी ४ तारिख । नेपाल सम्बत ११४५ पोहेलाथ्व पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
अरूका लागि बुद्धि र समय खर्चनुपर्ने समय छ । श्रम गरीकन खासै मूल्य प्राप्त नहोला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेकोले विशेष सचेतनाको खाँचो छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । तथापि, मेहनतले धेरैको विश्वास जित्न सकिनेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने सम्भावना छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
बृष
आजको दिन आश्वासन बाँड्नेले झुक्याउन सक्छन् भने परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । विशेष कार्यमा मातृसहयोग मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । परिवारिक सुखले उत्साह बढाउला ।
मिथुन
दिन सुखदायी छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीले हार खाने छन् भने इर्ष्या गर्नेलाई सवक सिकाउन सकिएला । आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने देखिन्छ । कुनै पनि काममा अरुको भर नपर्नु उचित हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट
आजको दिन मिश्रित फलदायी रहला । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ, तथापि परिश्रम र लगानी अनुसारको लाभ मिल्न कठिन पर्ने देखिन्छ । सवारी साधन उपयोग गर्दा आज विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ, तर यात्रा गर्दा धनमाल हराउन सक्ने योग रहेकोले सतर्कताको दरकार छ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । बोली र व्यवहारमा संयमता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ । खेलकुदजन्य क्रियाकलाप तथा रसरागमा आकर्षण बढ्ने छ ।
सिंह
स्वास्थ्यगत दृष्टिले केही कमजोरी महसूस भएपनि इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । पढाइलेखाइमा पनि प्रगति नै होला । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । प्रेमभाव बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजन सहयोगी बनेर देखिनेछन् । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
आजको दिन अलिक बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । केही विवादमा परिने योग रहेकोले सजगता अपनाएर व्यवहार गर्नु उचित हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । यात्रागत कार्य गर्नुछ भने आज सफलता मिल्ने देखिन्छ ।
तुला
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नु पर्ने देखिन्छ । धन आर्जनको योग छ । ब्यस्तता बढ्नेछ, आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण रहला । सन्तानपक्षबाट सुख मिल्नेछ ।
बृश्चिक
परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग छ । तथापि, आफन्तजनको साथ सहयोग प्राप्त हुनेछ । रोकिएको काम तपाईंको विशेष प्रयासले बन्नेछ । आरोग्यता रहनेछ ।
धनु
आजको दिन बाध्यताका काममा अल्मलिनुपर्ने देखिन्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । तथापि, आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । विभिन्न भौतिक साधन जुट्ने छन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तजनसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला ।
मकर
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अप्ठ्यारो मानिएको काम तपाईंको विशेष प्रयासबाट बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । तथापि, रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने योग रहेकोले सजगतायुक्त व्यवहारको दरकार छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ
गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट राम्रै लाभ हुने देखिन्छ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिएला । तथापि, अरूको फाइदाका लागि उपयोग भइने योग छ, सजग रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । तर, सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।