काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुँदैछ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।