आज मिति २०८१ पुस १७ गते बुधबार । सन् २०२५ जनवरी १ तारिख । नेपाल सम्बत ११४५ पोहेलाथ्व द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आश्वासन दिनेले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्ने समय छ । तथापि, रोकिएका काम बन्नाले उत्साह जाग्ने छ । प्रेमको बन्धन कसिने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनु हितकर हुनेछ । खेलकुदलगायत मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
बृष
समय शुभदायी छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । तथापि, नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।
मिथुन
पति वा पत्नीका माध्यमबाट फाइदा हुने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा विस्तारै काम बन्नेछ । यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । साहस र प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट
आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्ने समय छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने देखिन्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाई हुने काम गर्न सकिनेछ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह
व्यस्तता बढ्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन, सचेत रहनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । आरोग्यता रहनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या
आम्दानी बढ्ने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त होला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्ने छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । स्वास्थ्य भने केही कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग छ, ध्यान राख्नुहोला । पराक्रम वृद्धि भई कार्यगति बढ्ला । यात्रा सफल रहनेछ ।
तुला
प्रतिभा प्रदर्शन गरी अरुको मन जित्न सकिने समय छ । आफूभन्दा ठूला व्यक्ति तथा गुरुजनको विशेष सहयोग जुट्ने देखिन्छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । तथापि, भित्र कता कता काम बिग्रने भयले सताउला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने तथा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने छन्, सजग रहनुहोला । अधिकार सुरक्षा गर्न जुट्नुपर्ने छ । शोख पूरा गर्नमा खर्च वृद्धि हुने देखिन्छ । आरोग्यता रहनेछ ।
धनु
दिन केही चुनौयुक्त रहने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । लगानी वा खर्च बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर
संघर्ष गरेर अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ, विशेष योजनाहरू बन्नेछन् । आयबल र सफलता बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ
कर्मबल बढे पनि न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य मिल्न मुस्किल पर्ला । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने योग छ । भ्रमण कार्यमा खर्च वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन
इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।