0
Shares
काठमाडौँ । नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा मनोज ज्ञवाली बढुवा भएका छन्।
बैंक सञ्चालक समितिले गत २६ तारिखमा बढुवाको निर्णय गरेको थियो । तर, ज्ञवालीलाई आईतबार पत्र दिएको हो।
ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। त्यसपछि महाप्रबन्धक हुँदै डिसिओ (डिपुटी सीईओ) बनेका ज्ञवाली आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन्।
ज्ञवालीसँगै बैंकमा अब दुई जना सिनियर डिसिओ भएका छन्। यसअघि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिओको रूपमा काम गर्दै आएका थिए। यसले बैंकको उच्च व्यवस्थापन टोलीलाई अझ बलियो बनाएको विश्वास बैंकले गरेको छ।