आज मिति २०८१ पुस १२ गते शुक्रबार । सन् २०२४ डिसेम्बर २७ तारिख । नेपाल सम्बत ११४५ थिंलागा द्वादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन शुभदायी छ । धनलाभको योगका कारण अचानक कमाइ हुने सम्भावना छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने देखिन्छ । यात्रागत कार्य पनि सफल र लाभदायी होला । साहस एवम् आत्मविश्वास वृद्धि हुनेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम अघि बढ्लान् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
बृष
समय सोचेजस्तो अनुकुल नरहन सक्छ, धैर्य राखी नियमित क्रियाकलापमा लागिपर्नु उचित हुनेछ । नसोचेको ठाउँमा धन खर्च तथा ब्यर्थको खर्चले मन पिरोल्ला । मित्रजन टाढिएको अनुभूति होला । बौद्धिक र रचनात्मक कार्यमा भने सफलता मिल्नेछ । यात्रापरक कार्य आजको लागि थाती राख्नु उचित हुने देखिन्छ । आजको दिन खास उपलब्धिमूलक कार्यबिना नै बित्न सक्छ ।
मिथुन
आफन्तमिलनले सुख दिने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न रहने अवसर प्राप्त होला । प्रियजनसँगको भेट र मिष्ठान्न भोजन प्राप्तिले मन प्रफुल्ल रहनेछ । धनलाभको योग छ । आरोग्यता रहला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । पराक्रम वृद्धिका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्यामा धैर्यले समाधान दिलाउला । सामाजिक मान मिल्ने देखिन्छ ।
कर्कट
कर्मबल वृद्धि हुने समय छ । नयाँ कामका योजनाहरू बन्नेछन् भने आजको प्रयत्न सार्थक पनि रहला । आर्थिक उपार्जनका साथै बचतको सम्भावना देखिन्छ । आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्ति एवम् मित्रजनसँगको भेटघाटले उल्लास बढाउने समय छ । साथीभाइको सहयोग प्राप्त हुनाले सुख बढ्ला । खेलकुदका क्रियाकलाप एवम् रसरागमा आकर्षण बढ्नेछ ।
सिंह
रमाइलो तरिकाले कामहरु गर्न पाइने समय छ । आजको दिन नयाँ कामका योजनाहरू बन्ने र मनोरञ्जनात्मक तरिकाबाट काम सम्पन्न हुने देखिन्छ । पशुधन र कृषिजन्य क्रियाकलापबाट पनि केही लाभ नै हुने योग छ । आफन्तजनको साथ मिल्नेछ । मनोरञ्जन तथा रसरागको क्रियाकलापमा आकर्षण रहनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।
कन्या
आजको दिन केही चुनौती बढ्ने देखिन्छ । कतै वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन खास प्रयत्न गर्नु उचित होला । आजको योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला । आयबल वृद्धिको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला
सामाजिक मान सम्मान मिल्ने समय छ । स्वास्थ्य सबल रहला । आर्थिक लाभको योग पनि छ । कर्मबल वृद्धि हुनेछ, तर जागिरको काममा अनावश्यक डरले मनमा डेरा जमाउन सक्छ । मिठो भोजन प्राप्त होला । वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।
बृश्चिक
भाग्यबलका साथै शुभता बढ्नेछ । सामर्थ्य वृद्धि होला । मनोरञ्जनपूर्ण किसिमबाट आजको दिन बित्ने देखिन्छ । कामबाट फुर्सद मिलेको अनुभूतिले मन प्रशन्न रहला । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यपन बढ्नेछ । सुख सुविधाको बस्तुमा धन खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु
केही दोडधुप बढेपनि आजको दिन मनोरञ्जनात्मक ढङ्गबाट बित्ने देखिन्छ । काममा प्रशस्त मात्रामा जाँगर चल्नेछ भने अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर
आजको दिन मिहेनतका बाबजुद सुखद परिणाम प्राप्त हुन कठिन पर्ने देखिन्छ । अनावश्यक झमेलामा परिने तथा केही हानी हुन सक्ने योग रहेकोले विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । नियमित कार्यमा पनि सजगताको खाँचो छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्यको विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद दायित्व पूरा गर्न सकिनेछ ।
कुम्भ
दिन शुभदायी छ । आयआर्जनको दृष्टिले उचित समय छ । आफन्त एवम् मित्रजनबाट साथ–समर्थन मिल्नेछ । साहस वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । विशेष योजनामा पनि सफलता मिल्ने योग छ । सफलताले उल्लास बढाउला ।
मीन
आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहला । प्रेमभाव वृद्धि होला । आरोग्यता रहनेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्ने देखिन्छ ।