आज मिति २०८१ पुस ८ गते सोमबार । सन् २०२४ डिसेम्बर २३ तारिख । नेपाल सम्बत ११४५ थिंलागा अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो नभए पनि नियमित कार्यको क्रममा कुनै कीर्तिमानी काम सम्पादन हुन सक्ने योग परेको दिन छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्ने छन् ।
बृष
सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइ लेखाइमा प्रगति हुने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । साहसका साथ सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन
विशेष योजनाहरू बन्ने र योजनालाई अघि बढाउन सकिने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेकोले कर्मको भरपुर सन्तुष्टि प्राप्त होला । नयाँ ज्ञान सिक्ने मौका जुर्नसक्छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । वागबगैंचाको सजावट तथा कलात्मक कार्यप्रति आकर्षित होइएला । शुभता वृद्धि भइ सभा समारोहमा मान पुरस्कार प्राप्त हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । शरीरमा आरोग्यता रहनेछ । आँट साहस पराक्रम बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।
कर्कट
दैनिक गरिआएको कामलाई निरन्तरता दिन सकिने छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्नेछन् । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कार्य गर्नु होला । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुने समय छ । रसरागमा आकर्षण रहला ।
सिंह
प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने योग छ । आध्यात्मिक भाव वृद्धि होला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने दिन छ । आरोग्यपनले स्फूर्ति बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख रहनेछ ।
कन्या
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ भने भौतिक साधन जुट्ने छन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । लगानी वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले समस्याको समाधान मिल्ने योग छ ।
तुला
अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आजको मेहनत खेर जाने छैन । व्यवसायका लागि यात्रा हुनसक्छ । दाम्पत्य जीवन सुखद रहला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
बृश्चिक
कर्मबल वृद्धिले उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजग रहनुहोला । खर्च वृद्धि हुनसक्ने योग छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, ध्यान राख्नुहोला । योजना र बजेट बनाएरमात्र नयाँ कार्यमा हात हाल्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।
धनु
आजको दिन मिश्रित फलदायी रहला । लगानी, दौडधुप, श्रम र विशेष प्रयत्नका बाबजुद फल भने सीमितमात्र मिल्ने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषिकार्यमा खर्च बढ्ला । एकाएक उत्साहजनक समाचार प्राप्त भइ हर्ष बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ ।
मकर
सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमता बढ्नेछ । नियम कानूनले साथ दिनाले दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ
दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउने छन् भने बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मित्रजनको विशेष सहयोग जुट्ने र धनलाभको योग छ । दामपत्यसुख बढ्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।
मीन
साहस वृद्धि भए पनि आजको दिन निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका मिन्सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने हुँदा गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन देखिनसक्छ, सजग रही व्यवहार गर्नु उचित होला । आफन्तको साथ मिल्नेछ ।