0
Shares
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।