आज मिति २०८१ साल पुष ३ गते बुधबार । तदनुसार सन् २०२४ डिसेम्बर १८ तारिख । आज कृष्ण पक्षको तृतीया तिथि । अन्तर्राष्ट्रिय आप्रवासी दिवस । अब सुरु गरौँ आजको राशिफलः
मेष
आर्थिक लाभ हुने दिन छ । साथ सहयोग पाइनेछ र आँटेका काम प्रायः सबै बन्नेछन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । आयआर्जन पनि राम्रै होला । अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
बृष
दिन केही चुनौतीयुक्त रहने देखिन्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विशेष विचार पुऱ्याउनु उचित हुनेछ । भाग्यले साथ नदिनाले धननाशको योग छ । बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन
बुद्धिको सही प्रयोग भई चिताएको काममा सफलता मिल्ने समय छ । आर्थिक लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । मित्रजनबीच मिष्ठान्न भोजन गर्ने अवसर जुर्ने योग छ । आनन्द बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट
आज अनौठो तरिकाबाट धनलाभ हुनसक्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट पनि सुखको अनुभूति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता मिल्नेछ । आरोग्यता रहला । आफन्त एवम् मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने छ ।
सिंह
आजको दिन भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । अनौठो तरिकाबाट धनआर्जन होला । परिवारमा खुशिको माहोल छाउनेछ । आरोग्यता वृद्धिका साथै रसरागको माहोलप्रति आकर्षण रहला । कलात्मक काममा सफलता मिल्ने छ ।
कन्या
मिश्रित फलदायी दिन छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, सावधान रहनुहोला । भौतिक सरसामनको पनि क्षति हुने योग छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी र हैरानी पर्नसक्ने भएकोले विशेष सजगता अपनाउनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला
दौडधुप बढ्ने छ । अथक प्रयासमा काम बन्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर विशेष योजनामा भने केही बाधा ब्यहोर्नु पर्ला । विशेष मित्र एवम् आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल होला । सोचेअनुसार सबै काम भने आज सम्पन्न नहुने देखिन्छ । जोखिम वृद्धि होला ।
बृश्चिक
आम्दानीका बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । बन्द व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्य पनि सबल रहनेछ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु
साहस वृद्धि हुनेछ । काम गर्न जाँगर आउनाले धनलाभ हुने समय छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । जाँगर बढ्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर
समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्नसक्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । हातहतियारबाट जोगिएर काम गर्नु हितकर होला । छरछिमेकसँग विवादको योग रहेकोले संयमता अपनाउनु उचित हुनेछ । सन्तान सुख बढ्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ
व्यस्तता बढ्ने छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने छ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।
मीन
पराक्रम वृद्धि हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमय रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने योग छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने समय छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख सुविधाको वस्तु बढ्ने छन् ।