सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय क्यूआर भुक्तानी सम्झौता

0 Shares

काठमाडौँ । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपे प्लस मार्फत अन्तरदेशीय क्यूआर भुक्तानी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टोपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।

 

सम्बन्धित समाचार