0
Shares
काठमाडौँ । चीन भ्रमणबाट फर्किएको केही समयमै प्रधानमन्त्री केपी शर्मा भारत जाने भएका छन् । ओलीको भारत भ्रमणको टुंगो लागेको ओली निकट एमाले नेता महेश बस्नेतले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् ।
‘आगामी पौष २५ गतेदेखी ४ दिने भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जाने तय भएको छ,’ बस्नेतले फेसबुकमा लेखेका छन् । नेपालमा प्रधानमन्त्री नियुक्ति भएलगतै भारत जाने परम्परा थियो । तर ओली त्यो परम्परालाई तोडदै भारत नगइ चीन गएपछि अनेक टिप्पणी गरिदै आइएको थियो । तर प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने भारत भ्रमणको मिति तय भइनसकेको बताए ।