युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

0 Shares

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५ औं बैठकले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेका गौतमले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मको अध्ययनन पुरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

सम्बन्धित समाचार