एमाले सचिवालय बैठक मंसिर २५ गते बस्ने

0 Shares

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गते बस्ने भएको छ ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैठक एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

सम्बन्धित समाचार