गौरीशंकरमा माओवादीलाई पछि पार्दै एमाले शेर्पा विजयी

0 Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी भएकी छन् ।

उनले २ हजार ८०५ मतसहित विजय हासिल गरेकी हुन् ।

माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् ।

गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको छ । यसअघि उपाध्यक्ष कांग्रेसबाट जितेकेको थियो ।

 

सम्बन्धित समाचार