0
Shares
काठमाडौँ । महानगरपालिका वडा नं. १६ को अध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छिन्। उनले निकट प्रतिद्वन्द्वि नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन्।
सोमबार बिहान सर्वाजनिक भएको परिणाम अनुसार रास्वपाकी श्रेष्ठले १ हजार ५८४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका पाठकले १ हजार ३०४ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकमा एमालेका उम्मेद्वार लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन्।