सात ठाउँको नतिजा आउन बाँकी, कुन दलले कति स्थानमा जित्यो ?

0 Shares

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ३४ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी नेपाली कांग्रेसले जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार ३० वटा वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुईको उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा सार्वजनिक भएको हो ।

अब बाँकी सात स्थानको नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले १५, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सात-सात, जनता समाजवादी पार्टी नेपालले दुई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक स्थानमा जित निकालेको छ ।

सम्बन्धित समाचार