0
Shares
काठमाडौँ । रौतहटको गढिमाई नगरपालिका ८ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगी प्रसाद यादव विजयी भएका छन् । उनले ६५५ मत ल्याउँदै जित हात पारेको हो ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवलाई पराजित गरेको हो । यादवले ६३१ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत पाए ।
विं.सं. २०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादव विजयी भएका थिए ।