मोरङको ग्रामथान अध्यक्षमा माआवादीका माझी निर्वाचित

0 Shares

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नमो नारायण माझी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।

निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन् । काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन् । २०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए ।

मोरङको ग्रामथान गाउँपालिका तत्कालीन बनिगाँमा, मोतीपुर, लखन्तरी, झोराहाट, तेरीयता गाविस मिलेर बनको हो । मोरङको क्षेत्र नम्बर ४ मा पर्ने सो पालिका समेत रहेको छ । यहाँबाट लगातार अमनाल मोदी विजयी हुँदै आएका छन् । त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए ।

२०७९ को निर्वचनमा एमालेको ६ हजार ७६३ मत ल्याएको छ । उपाध्यक्षसमेत एमालेले जितेको ग्रामथानमा वडामा आएको मत हेर्दा काँग्रेसले दोस्रो मत पाएको छ । काँग्रेसको ५ हजार ५३७, माओवादी केन्द्रको २ हजार ६६५ मत आएको थियो ।

 

सम्बन्धित समाचार