परराष्ट्र मन्त्री राणा मसिंर १३ गते चीन जाँदै

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही मङ्सिर १३ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएकी छन् । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनको भ्रमणलाई स्वीकृत गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा राणा मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको नेतृत्व गरेर जाने भएकी छन् । प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

सम्बन्धित समाचार