काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ ।
मंगलबार कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित चापागाँउ परियोजना अन्तर्गतका घररजग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
घररजग्गाा खरिद गर्न अधिकतम् ४० वर्ष सम्मको समयावधिका लागि अधिकतम कर्जा रकम २ करोड रुपैयाँसम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९५ तोकिएको र पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
बैंकले आम ग्राहकलाई घररजग्गा खरिद गर्न झन्झटरहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौ क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रालिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरेका छन् ।