भ्रष्टाचारविरुद्ध आजपका अध्यक्ष प्रभु साह आक्रोशित

0 Shares

सप्तरी । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको छ ।

शनिबारदेखि सप्तरीबाट सुरु कार्यक्रमलाई बिथोल्ने उद्देश्यले सप्तरी र सिरहाका प्रहरीले ठाउँमा घण्टौँ रोकेर अपमान गर्ने, अमानविय व्यवहार गर्ने काम गरेको आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जनाएका छन् ।

‘हाम्रो अभियान टोलीका कलाकार, पत्रकार र युवाहरूको गाडीलाई आज सिरहा र सप्तरीमा प्रहरीद्वारा बिना कारण घण्टौँ रोकेर अपमान गर्ने र कार्यक्रम भाड्ने अमानवीय हर्कत गरेको छ,’ उनले भने, ‘अहिले पनि हाम्रो अभियान टोलीका गाडीहरू सप्तरीको कदमहामा रोकिएको छ, म यो चोर सरकारलाई सोधन चाहन्छु, शान्तिपुर्ण सभा जुलूस गर्ने संवैधानिक हक के खोसिएको हो ? निर्वाचन आयोगमा दर्ता पार्टी र तिनका वैधानिक जनसंगठनको गतिविधि रोकने सरकारको यो निकृष्ट गतिविधिलाई नेपाली जनताले कसरी लिने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा प्रहरी प्रयोग गरी आजपाद्वारा आयोजित भ्रष्टाचारविरुद्ध मधेस यात्रा कार्यक्रम भाड्न लागिएको आजपाले गम्भिर आरोप लगाएको छ ।

भ्रष्टाचारविरुद्ध जागरण अभियानमा सहभागी हुन सप्तरी पुगेका आजपा अध्यक्ष साहले प्रधानमन्त्री आफ्नै भ्रष्ट भएको टिप्पणी गर्दै पार्टीको अभियान भाड्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।

सप्तरीबाट सुरु भएको आजपाको भ्रष्टाचारविरुद्ध मधेस यात्रा पाँच दिनसम्म चल्ने छ । भ्रष्टाचारविरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका विभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रम गर्दै वीरगञ्ज पुगेर समापन हुने आजपाले जनाएको छ ।

मुलुकमा बढदै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही विषयलाई लिएर आजपाले काठमाडौँमा आजै विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा जागरण अभियान सञ्चालन गरेको हो ।

सम्बन्धित समाचार