तिहारपछि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ ।

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजारमा खरिद बिक्री भएको थियो ।

महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार