0
Shares
काठमाडौँ । तिहारको पहिलो दिन धन्तेरसको अवसरमा सुन चाँदीको सिक्का लिन टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नयाँ मुद्रण गरिएका सिक्का लिन मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा भीड लागेको हो ।
सुन चाँदीको सिक्का लिनका लागि टक्सार महाशखाको बाहिर लामो लाइनमा सर्वसाधारण उभिएका थिए । पहिला आउनेलाई प्राथमिकता दिएर सिक्का बिक्री वितरण गरिएको टक्सार महाशाखाकी कार्यवाहक निर्देशक सम्झना ढकालले बताइन् ।
तिहारका अवसरमा राष्ट्र बैंकले हरेक वर्ष नयाँ मुद्रण गरिएका सुन र चाँदीको सिक्का बिक्री वितरण गर्दै आएको छ । यो वर्ष सुनको सिक्का आज एक दिन मात्रै बिक्री वितरण हुने भएको छ ।