ऐतिहासिक उचाईमा पुगेर सुनको मूल्य घट्यो

0 Shares

काठमाडौँ । नेपाल बजारमा ऐतिहासिक उचाईमा पुगेको सुनको मूल्य, कात्तिक १२ गते सोमबार सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार