रास्वपाका सभापतिसहित नौ नेतामाथि कारबाही गर्न माग

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित नौ जना नेतालाई कारबाही गर्न जाहेरी परेको छ ।

सिन्धुली घर भई काठमाडौँको आलोकनगर बस्ने युवराज सफलले अर्याल र वाग्लेसहित नौ जनालाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृह मन्त्रीसहेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गरेका हुन् ।

सम्बन्धित समाचार