0
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको सुन आज एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० वृद्धि भएको छ । आज चाँदी दुई हजार ९५ निर्धारण भएको महासंघले जनाएको छ ।