आज पनि सुनको मूल्य वृद्धि, तोलामा कति पुग्यो ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार पाँचौँ दिन नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो । आजको मूल्य वृद्धिसँगै सुनको मूल्य तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार दुई हजार रुपैयाँले बढेर तोलामा एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्य वृद्धि भएको हो ।

सम्बन्धित समाचार