सुनको मूल्यमा भारी वृद्धि, आजको मूल्य कति ?

0 Shares

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासंघका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० ले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९५० मा कारोबार भएको आज एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

सम्बन्धित समाचार