काठमाडौँ । शिवम् होल्डिङग्स लिमिटेडले प्रताव गरेको लाभांश पारित भएको छ। शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्सको ११ करोड ६० लाख लाभांश पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै , कम्पनीको आर्थिक वर्ष। २०८१/०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ ।
शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होड।शी शिवम् सिमेन्ट प्रा. लि. को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ ।
उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको छ । त्यसै गरी यस शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ ।
नेपाल धितोपत्र वोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको कम्पनीले जनाएको छ ।