सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

0 Shares

काठमाडौँ ।  नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालस्ममकै उच्च हो।यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार