लगातार चौथो दिन सुनको मूल्य घट्यो, आज कति पुग्यो ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । असोज २० गतेदेखि गिरावट भएको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार ९४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार