0
Shares
काठमाडौँ । नेपाली बजारमा साताको चौथो कारोबारको दिन आज सुनको मूल्य बढेको छ । कीर्तिमान विन्दुमा कारोबार भएर घटेको मूल्य लगातार तीन कारोबार दिन घटे पनि बुधबार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ८०० रूपैयाँले मूल्य बढेको छ । योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य बढेको हो । योसँगै आज प्रतितोला एक हजार ९३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।