नेप्से परिसूचकमा ११४ अंकको वृद्धि

0 Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो । योसँगै नेप्से दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिद बिक्री हुँदा सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ तीन दशमलव ८३, विकास बैंक पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एनएमबी ५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार