सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा

0 Shares

काठमाडौँ । सिटी वालेट प्रा.लि. ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ । नेपालको सवै भन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

५ हजार रुपैयाँ भन्दा बढी रकमको रेमिट्यान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा सिटी पे प्रोमो कोड प्रयोग गरी २०० रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिट्यान्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई ५०० रुपैयाँ बराबरको वोनस गरी कुल ७०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन । साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा फइट २०० प्रोमोकोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

“यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो । दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं । हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।“ सिटी वालेट प्राइभेट लिमिटेड का प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने ।

यस अफरको फाईदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गई , आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पुरा गर्न सकिन्छ । सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भूक्तानी गर्न सकिन्छ । यो योजना सिमीत अवधिका लागी रहने छ ।

सम्बन्धित समाचार