नेप्से परिसूचकमा ४९ अंकले बढ्यो, कारोबार रकम घट्यो

0 Shares

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक दोहोरो अंकले वृद्धि भएसँगै २५ सय १९ दशमलव ५७ विन्दुमा पुगेको छ । अघिल्लो दिन पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ मूल्यमा खरिद बिक्री भएकामा आज चार अर्ब ८१ करोड ३२ लाख २३ हजार बराबरको कारोबार भएको छ ।

कूल एक करोड २४ लाख ९४ हजार ९८९ कित्ता शेयर खरिद बिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ । आज बैंकिङ १.८, विकास बैङ्क २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५० प्रतिशत बढेका छन् ।

विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार