राजनीतिक स्थायित्व दिन प्रधानमन्त्रीसँग सहकार्य गरेको एमालेको दाबी

0 Shares

काठमाडौं । नेकपा एमालेले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीसँग नयाँ सहकार्य गरेकाले यसलाई फलदायी बनाउनु पर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने संन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले बताए ।

बैठकले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरिएको उनको भनाइ थियो । उनले विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकीर गरे ।

त्यस्तै, बैठकमा पार्टी स्थापनाको ७५ औँ वर्षगाठका सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको विशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले बताए ।

त्यसअघि वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार