0
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार दुई गुणाले वृद्धि भएको हो ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।