सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

योसँगै बुधबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

सम्बन्धित समाचार