नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०-८१ मा तोकिएको बीमा शुल्क संकलन गरी मधेस प्रदेशबाट योग्य भएका १५० जनाभन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेस प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो । मधेसबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले मधेस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउँदै महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले साथ दिने जनाए ।

साथै, सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार पहिलो पकट सम्मान कार्यक्रम राखिएको हो ।

सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार