बुधबार कोशीमा सार्वजनिक बिदा

0 Shares

काठमाडौँ । कोशी प्रदेशमा सरकारले आगामी असोज २ गते झाँगड (उराव) समूदायका लागि सार्वजनिक बिदा दिने भएको छ ।

कोशी प्रदेश सरकारको निर्णयअनुसार उक्त समूदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलबहादुर थापाले सार्वजनिक बिदा दिनेबारे जानकारी दिएका हुन् ।

 

सम्बन्धित समाचार