0
Shares
काठमाडौँ । सुनको मूल्य मंगलबार पनि बढेको छ। मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।