सुनको भाउ तोलामा १२ सय रुपैयाँले घट्यो

0 Shares

काठमाडौँ । आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ। शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको भाउ आइतबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यसैगरी आइतबार चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार