0
Shares
काठमाडौँ । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ । तर, सर्वोत्कृष्ट निजामती कर्मचार नपाएको जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१ औँ निजामती सेवा दिवस समारोहमा ४० जना कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।
यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।
दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भेटिएनन् । सरकारले अघिल्लो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेको थिएन ।