आफूले भनेको मन्त्री पद नपाएपछि गुरूङले दिए राजीनामा

0 Shares

काठमाडौँ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिएका छन् ।

आज मन्त्री परिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

गुरूङले परिवर्तित राजनीतिक घटना क्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरिसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्री पाण्डेले आजै नेकपा एमालेका चार जना मन्त्री नियुक्त गरेका छन् ।

सम्बन्धित समाचार