गजुरीमा पहिरो खसेपछि काठमाडौँ जोड्ने सडक अवरुद्ध

0 Shares

काठमाडौँ । धादिङको गजुरीमा पहिरो खस्दा पृथ्वी राजमार्गमा यातायात प्रभावित भएको छ । गजुरी गाउँपालिका ६ बेल्खुमा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भएको छ ।

बिहान ८ बजे सडकमा लेदो खसेपछि सवारी साधन आवागमन प्रभावित भएको ‍इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

सुरक्षाकर्मी र सडक विभागको टोलीले डोजरको प्रयोग गरेर लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक केही समयमै पूर्ण रुपमा सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार